डाक्टर पढ्ने विद्यार्थीको किन हुँदैछ दैनिक आन्दोलन ?

डाक्टर पढ्ने विद्यार्थीको किन हुँदैछ दैनिक आन्दोलन ?

काठमाडौंः महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) मा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन्। मुख्यतः डाक्टर पढ्न योग्य विद्यार्थीमाथि लगाइएको 'व्यारियर सिस्टम' खारेज र होस्टेल सुधारको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका छन्। 

आन्दोलनकै क्रममा विद्यार्थीले बुधबार चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम)का डीन डा.दीव्यासिंह शाहको पुत्ला दहन गरेका छन्। चिकित्सा शिक्षा संघर्ष अभियानका केन्द्रीय संयोजक मनिष भट्टराईले विद्यार्थीका जायज माग सम्बोधनमा आईओएम गम्भिर नभएकाले आन्दोलन गर्न परेको बताए। उनले भने, ‘चिकित्सा शिक्षामा ‘व्यारियर सिस्टम’ले विद्यार्थी मारमा छन्। होस्टेलमा विकृती छ। होस्टेलमा विद्यार्थी बस्न नपाउने अवस्था छ। परीक्षा शुल्क मनपरी छ। त्यसैले बाध्य भएर आन्दोलन गरेका हौँ।’

उनीहरुले अहिलेसम्म १ अर्बभन्दा बढी रकम जफत भएको र त्रिबिले माग सुनुवाइ नगरेको बताएका छन्। विद्यार्थीले भनेका छन्, ‘एक पटक मौका परीक्षा दिने व्यवस्था गरियोस्। नेपालका अरु मेडिकल कलेज अनुसार परीक्षा प्याट्रन कायम हुनुपर्ने।’

व्यारियर सिस्टम भन्नाले विश्वविद्यालयको शैक्षिक कार्यक्रमको भर्ना रद्द भइ बहिर्गमनमा परेका विद्यार्थी भन्ने बुझिन्छ। मौका परीक्षा नै नदिई दुई वर्ष पढिसकेपछि कुनै विषयमा थोरै अंक ल्याउँदा व्यारियरमा पार्ने गरिएको पीडित विद्यार्थीको गुनासो छ।

२०५० सालको आईओएम विद्यापरिषद् ‘व्यारियरसम्बन्धी निर्णय’ अनुसार पहिलो चरण उत्तीर्ण नगरी दोस्रो चरणमा जान नपाइने उल्लेख छ। यस्तै पहिलो चरणका सबै विषय दोस्रो वर्षमा हुने पहिलो नियमित परीक्षा पश्चात अर्को तीन पटकको पुरक परीक्षासम्ममा उत्तीर्ण हुनुपर्ने प्रावधान छ।

कसैले अर्को तीन पटकसम्मको परीक्षामा पनि अनुत्तीर्ण भएको देखिएमा त्यसता विद्यार्थीहरुको एमबीबीएसको भर्ना रद्ध गरी कार्यक्रमबाट हटाइने गरी व्यारियर सिस्टमको व्यवस्था गरिएको छ। काठमाडौं विश्वविद्यालयमा चिकित्सा शिक्षातर्फ भर्ना भएको १० वर्षसम्म परीक्षा दिन पाउने व्यवस्था छ।

स्वतन्त्र विद्यार्थी युनियन र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच २०७५ चैत ८ मा व्यारियरमा परेका परीक्षार्थी सम्बन्धमा सहमति भएको थियो। व्यारियर सिस्टम परिपमार्जन सन्दर्भमा स्ववियू र संस्थानबीच भएको सहमतिअनुसार व्यारियरमा परेका परीक्षार्थीहरुलाई पुनः परीक्षा र मौका परीक्षा सम्बन्धमा त्रिविको अध्ययन संस्थान एवं संकायहरुको नियममा भएको व्यवस्था अनुरुप हुनको लागि यसै शैक्षिकसत्रबाट लागू हुनेगरी विद्या परिषदबाट सिफारिस गरी स्विकृती १५ दिनभित्र त्रिबि प्राज्ञिक परिषदमा पठाइनेगरी सहमति भएको थियो। 

निर्णयअनुसार २०७६ सालमा आईओमले व्यारियरमा परेका विद्यार्थीलाई मौका परीक्षा दिएको थियो। सोही सहमतिबमोजिम २०७६ साउन १७ मा व्यारियरमा परेका विद्यार्थीलाई आईओएमले मौका परीक्षाको सूचना प्रकाशन गरेको थियो। सहमति बमोजिम झण्डै १५० विद्यार्थीहरू मौका परीक्षामा सहभागी भएका थिए। एक पीडित विद्यार्थीले भने, ‘२०७६ सालमा भएको मौका परीक्षा के आधारमा गराइयो? जबकि २०७६ मा व्यारियरसम्बन्धी नियम प्राज्ञिक परिषदबाट पारित नै भएको थिएन। प्राज्ञिक परिषद्ले व्यारियरसम्बन्धी विना नियमकै के को आधारमा २०७६ सालमा मौका परीक्षा दिने निर्णय ग‍र्‍यो ? यसबारे प्राज्ञिक परिषद्ले स्पष्टीकरण दिनुपर्छ।’

हाल चिकित्सा शास्त्र अध्ययन संस्थानले व्यारियरमा परेका विद्यार्थीहरुलाई मौका परीक्षा गराउन आनाकानी गर्दै आएको उनीहरुको गुनासो छ। पटक-पटक मौका परीक्षा गराउन नसकिने आइओएमको तर्क छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.