जब स्वास्थ्य राज्यमन्त्रीले आईसीयूको 'इथिक्स' नै पालना गरिनन्

जब स्वास्थ्य राज्यमन्त्रीले आईसीयूको 'इथिक्स' नै पालना गरिनन्

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजो मंगलबार कीर्तिपुर अस्पतालको आईसीयू (सघन उपचार कक्ष)मा भर्ना भएका प्रेमप्रसाद आचार्य (हाल मृत्यु)लाई प्रोटोकल र मापदण्ड विपरीत भेटेकी छन्।

कार्कीले जनस्वास्थ्यका न्यूनतम मापदण्ड र आइसीयूमा पालना गर्नुपर्ने ‘इथिक्स’नै पालना नगरी आचार्यलाई भेटेको देखिएको हो। चिकित्सकहरूका अनुसार आईसीयू जस्तो संवेदनशील ठाउँमा ‘सर्जिकल ग्लोब्स’नै नलगाई बिरामीलाई छुनु ‘इथिक्स’ भित्र पर्दैन।

चिकित्सा क्षेत्रकै स्वास्थ्य राज्यमन्त्री कार्कीले हातमा ग्लोब्स नलगाइकन आचार्यलाई छोएको भिडियोमा स्पष्ट देखिन्छ। उपचारमा संलग्न चिकित्सकहरूले समेत ८० प्रतिशत जलेको बताउँदै आएको बेला राज्य मन्त्री कार्कीले बिरामी भेटेर बोल्नसमेत बाध्य पारेको देखिन्छ। कार्कीले आचार्यलाई बोलाउँदा उनी बोल्न बाध्य भएका थिए। आचार्यलाई भेट्न जाँदा अन्य बिरामी पनि उपचाररत थिए भन्ने हेक्का राज्यमन्त्रीलाई नभएको देखिन्छ।

चिकित्सकहरूका अनुसार स्वास्थ्यका मापदण्ड पालना गरेर भेट्न भने मिल्छ। आफै जनरल सर्जन रहेकी कार्की प्रेमप्रसाद आचार्यलाई भेट्न दलबलसहित पुगेकी थिइन्। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार बिरामीहरूको अवस्था बारे २४ घण्टामा कम्तीमा दुई पटक बिरामीका आफन्तलाई जानकारी दिने व्यवस्था छ। तर, यो व्यवस्था अस्पतालहरूले अक्षरस
पालना गर्दैनन् ।

अस्पताल सञ्चालक समितिका एक सदस्यले अन्नपूर्णसँग भने, 'उहाँ(मन्त्री ज्यू)ले गाउन लगाउनुभएको थियो। मन्त्री ज्यू डाक्टर नबनी भटेको भएपनि हुन्थ्यो । डाक्टरको जस्तो व्यवहार गरेको देखियो। यस विषयमा हामीले थप छलफल गर्छौ। बरु उहाँले अस्पतालको टिमसँग कुरा गर्नुपर्थ्यो।’ डा.कार्कीले आचार्यलाई भेट्न जाँदा अन्य बिरामीहरूको ‘प्राइभेसी’मा समेत प्रश्न उठेको छ।

इन्टरनल मेडिसिनमा एमडी गर्दै गरेका डा.प्रभात रिजाल भन्छन्,‘ आईसीयू सेन्सेटिभ ठाउँ हो। स्वास्थ्यका मापदण्ड पालना गरेर भेट्न त मिल्छ नै। तर, आईसीयूमा भिडभाड गर्नु उपयुक्त मानिँदैन।’

एक चिकित्सकले अन्नपूर्णसँग भने, 'आईसीयूलाई क्राउडेड पार्नु हुँदैन। उहाँ(मन्त्री ज्यू) जाने बेला अलिक तडकभडक गर्नुभए झै लाग्यो। यसरी धेरै भिड हुँदा बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्छ, इन्फेक्सन समेत हुन सक्छ।’

सघन उपचार कक्ष भन्नाले जीवनलाई खतरामा पार्ने रोगहरु, चोटपटक वा जटिलता भएका बिरामीहरूको अवलोकन हेरचाह र उपचार गर्न तोकिएको छुट्टै इकाइ हो। जहाँबाट सामान्यतया रिकभरी सम्भव हुन्छ।

यदी कोही गम्भीर बिरामी छ, गहन उपचार र नजिकको निगरानीको आवश्यकता छ भने वा तिनीहरूको शल्यक्रिया र गहन हेरचाहले तिनीहरूलाई निको हुन मद्दत गर्न सक्छ भने गहन हेरचाह आवश्यक पर्छ। अन्तर्राष्ट्रिय जरनल के.एच.एनका अनुसार विश्वभरि आईसीयूमा पुगेकामध्ये प्रत्येक वर्ष १४ लाख बिरामीहरु निको भएर घर फर्कने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.