स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच रिबन काट्न तँछाडमछाड

स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच रिबन काट्न तँछाडमछाड

काठमाडौंः वीर अस्पतालले बिहीबार बिहान ९ बजे अस्पतालको क्याथ ल्याब सेवा उद्घाटन कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमको व्यानरमा लेखिएको थियो,‘कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको क्याथ ल्याव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री श्री पदम गिरीज्यूद्धारा उद्घाटन सुसम्पन्न गरियो।’ 

कार्यक्रमको प्रमुख अतिथि थिए स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरी। व्यानरमा मन्त्री गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री डा.तोसिमा कार्की पनि सहभागी थिइन्।

वीर अस्पतालका एक अधिकारीले अन्नपूर्णसँग भने,‘स्वास्थ्य मन्त्री ज्यूलाई बोलाउने कुरा थियो। व्यानर पनि त्यसैगरी बनाइयो। पछि राज्यमन्त्री डा कार्की पनि चिकित्सक नै भएकाले आउने इच्छा गरेपछि बोलाइएको हो। डाक्टरहरूले पनि राज्यमन्त्री तोसिमा ज्यूलाई पनि बोलाउ भन्नुभयो। अनि तोसिमा ज्यूपनि उद्घाटन कार्यक्रममा आउनुभएको हो।’

नेपालगञ्जमा दादुरा प्रकोप फैलिएको छ। सरकारी स्वास्थ्य संस्थामा बिरामीले शैय्या नपाएर छटपटिने अवस्था छ  अरु त अरु वीर अस्पतालमै पत्थरीकै शल्यक्रिया गर्नुपर्‍यो भने महिनौँ कुर्नुपर्ने अवस्था छ। त्यही वीर अस्पतालमै उपकरण खरिदमा बर्सेनी अर्बौ रुपैयाँ विनियोजन गरिए पनि बिरामी निजी प्रयोगशालामा परीक्षण गराउन बाध्य छन्। देशको अहिलेको आवश्यकता पनि जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन नेतृत्वकर्ताको भूमिका अहम् हुन्छ। तर मन्त्री र राज्यमन्त्री एक कार्यक्रममा रिबन काट्नकै लागि तँछाडमछाड गरेको दृश्य आम जनताका लागि दुखद हो।

व्यानरमा मन्त्रीले मात्रै उद्घाटन गर्ने लेखिए पनि मन्त्री र राज्यमन्त्री दुवैलाई रिबन काट्न अस्पतालले दुई कैँचीको व्यवस्था गरेको थियो। मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएको देखिन्छ।

अहिले स्वास्थ्यमा मन्त्री र राज्यमन्त्री फरक फरक राजनीतिक दलबाट प्रतिनिधित्व गरेका छन्। स्वास्थ्य मन्त्री बनेका गिरी एमाले नेता हुन भने राज्यमन्त्री कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन्। जिम्मेवारी मन्त्री र राज्यमन्त्रीको पाएपनि कार्यविजभाजन नहुँदा अन्यौलता देखिन्छ। 

मन्त्री पुगेको ठाउँमा राज्यमन्त्री नगएपनि खासै फरक नपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। यसअघिका अधिकांश स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच पनि कार्यसम्पादन र जिम्मेवारीका विषयले पानी बाराबारको अवस्था थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.