‘रेमिट्यान्स बैंकिङ प्रणालीमा केन्द्रित गरौं’

‘रेमिट्यान्स बैंकिङ प्रणालीमा केन्द्रित गरौं’

काठमाडौं : मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। विकास आयोजनाहरूको त्रैमासिक समीक्षा कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिए। संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गर्ने र प्रविधिको अपडेट गरिरहनेलगायत विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएको शर्माले बताए। 

‘राष्ट्र बैंक अझै उदार भयो भने आयातमा सुधार हुन्छ’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थालाई सुधारका काममा केन्द्रित गरेको छु।’ बैंकको बढ्दो ब्याजदरप्रति उनले चिन्ता गरे। ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने अर्थमन्त्री शर्माको भनाइ छ। डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदरबारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रूपमा नेपाल भित्र्याउन पहल गर्ने सरकारको तयारी छ। रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए। 

नागरिक लगानी कोषमा एक खर्ब रुपैयाँभन्दा बढी पैसा रहेकाले त्यसलाई पँुजी निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनले पुँजीबजारको समस्या समाधान गर्न धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए। ‘केही दिनअघि नेप्से बन्द भएको विषय गम्भीर हो। त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्,’ उनले भने, ‘यो प्राविधिक विषय मात्र होइन, यसले समग्र पुँजी बजारलाई नै असर गरेको छ।’

राष्ट्र बैंकका अनुसार मूल्यवृद्धिको वार्षिक लक्ष्य माघ मसान्तसम्म ५.९७ प्रतिशत सिमा भित्रै छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किंदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले दिए। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विदेशी मुद्राको चाप बढेकाले समाधानमा ध्यान दिनुपर्ने बताए। सबै निकाय जिम्मेवार भई काम गरे अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिने उनको भनाइ थियो। 

राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभास हुने गरी सेवा दिन सक्नुपर्ने बताए। ‘हाम्रो कार्यशैलीमा सुधार गरौं र हामीले गरेको काम जनस्तरसम्म पुग्ने गरी जिम्मेवारी बहन गरौं’, उनले भने। सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न उनले निर्देशन दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.