सुनसरीका १० पालिकामा अनिश्चितकालीन कर्फ्यु, अवस्था थप जटिल

सुनसरीका १० पालिकामा अनिश्चितकालीन कर्फ्यु, अवस्था थप जटिल

सुनसरी : सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार साउन १२ गते बेलुका ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो। आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरेको छ।

कप्तानगञ्ज घटनापछि लगातार भइरहेको आन्दोलन, तोडफोड, आगजनी र दुई समुदाय बीचको तनाव नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको हो। प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई समेत उच्च सतर्कतामा परिचालन गरिएको छ।

जिल्ला प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, सामाजिक सद्भाव कायम राख्न र कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै अत्यावश्यक सेवा बाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दै शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.