गुरुकुल सञ्चालनका लागि सामुहिक धान रोपाइँ

गुरुकुल सञ्चालनका लागि सामुहिक धान रोपाइँ
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जाको पुरानो एवं प्रतिष्ठित गुरुकुलले गुरुकुल शिक्षा र संस्कार सञ्चालन एवं निरन्तरताका लागि सामुहिक धान रोपाइँ गरेको छ । 
चापाकोट नगरपालिका–८ मा स्थित मणिमुकुन्देश्वर गुरुकुलले ३४ रोपनी जग्गामा धान रोपाईं गरेको हो । गुठीको सो जग्गामा स्थानीय समाजसेवीको सक्रियतामा शनिवार सामूहिक धान रोपाइँ सम्पन्न गरेका हुन् । 

यसअघि अरुले नै रोपाईं गर्दै आएको सो जग्गामा अहिले स्थानीयबासीको श्रमदानमा सामुहिक रोपाइँ गरिएको सोही वडाअध्यक्ष टोपलाल न्यौपाने (राजु) ले जानकारी दिए । उनका अनुसार, केही दिनअघि ११ रोपनी जग्गा र शनिवार २३ रोपनीमामा धान रोपाईं गरिएको छ । 

गुरुकुलमा हाल २२ बटुक आवासीय सेवासहित अध्ययनरत छन् । माध्यमिक तहसम्मको अध्ययन रहने सो गुरुकुलमा अध्ययनरत बटुकहरूको निःशुल्क खानपान तथा आवास व्यवस्थापनका लागि धानसँगै, गहुँ, मकै र तरकारी खेती गरिँदै आएको गुरुकुलका प्रअ जीवन आचार्यको भनाई छ । 

सामुहिक रोपाइँमा स्थानीय आमा समूह, स्थानीय समाजसेवी तथा युवा सहभागि थिए । रोपाहार, बाउसे, हलीलगायत सहभागी सबैलाई खाजाको व्यवस्थापन विजय भण्डारी र विजय परियारले गरेका थिए । स्थानीय समुदायको एकताबद्ध सहयोगमा सम्पन्न भएको यस सामुहिक रोपाइँले गुरुकुलको कृषि उत्पादन वृद्धि गर्नुका साथै बटुकहरूको निःशुल्क अध्ययन, खानपान र आवास व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.