बिरामीको मृत्यु घटनापछि नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित

बिरामीको मृत्यु घटनापछि नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ ।  शनिबार साँझ अस्पतालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समति गठन गर्दै शनिबार आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । 

शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका  वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाउँलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड पनि गर्दा अवस्था केहिबेर तनावग्रस्त बन्न पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।

उक्त घटनापछि अस्पतालकै सभाकक्षमा शनिबार साँझ बसेको अस्पताल प्रशासन, पीडित पक्ष, प्रहरी प्रशासनसहितको बैठकले घटनाका बारेमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा अस्पतालका डा. नीरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी, वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकको तर्फबाट विकास पटेल र अस्पताल प्रशासनका तर्फबाट सुनीलकुमार रौनियार रहेका छन् । उक्त छानबिन समितिलाई घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

बैठकले छानबिन समिति गठन गर्दै छानबिन समितिको प्रतिवेदन नआएसम्म अर्थात एक हप्ताका लागि आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । यसैबीच नेपाल चिकित्सक संघले शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड र चिकित्सकमाथि भएको आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार संघका केन्द्रिय अध्यक्ष डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । साथै घटनका दिन आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहितका स्वस्थ्यकर्मीलाई निलम्बन गरिएको प्रति संघले आपत्ति पनि जनाएको छ । बिरामीको उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको निलम्बन तत्काल फिर्ता लिन पनि संघले माग गरेको छ । अस्पतालमा तोडफोड गर्ने र चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई तत्काल कारबाही नगरिए तथा स्वास्थ्यकर्मीहरुको निलम्बन फिर्ता नलिइए संघ आन्दोलनमा उत्रिने चेतावनी समेत संघका अध्यक्ष रिजालले विज्ञप्तिमार्फत दिएका छन् ।    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.