आँपको बगैंचाबाट १४० केजी गाँजा बरामद
काठमाडौं :पर्सामा ठूलो परिमाणमा लागुऔषध बराम भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छिपहरमाई गाउँपालिका–२ मिर्जापुरस्थित आँपको बगैचामा लागुऔषध लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति करिब ११:३० बजे खानतलासी गर्ने क्रममा १४० किलो गाँजा बरामद गरेको हो।
आँप बगैचाभित्र लुकाएर राखिएको १३ वटा पोकामा रहेको १४० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !