बसको ठक्करबाट कपिलवस्तुमा दुई जनाको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१-००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका यशोधरा गाउँपालिका वडा नं. २, पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !