तेक्वान्दो टोलीको बिदाइ

तेक्वान्दो टोलीको बिदाइ
सुन्नुहोस्

काठमाडौं : थाइल्यान्डको राजधानी बैंककमा अर्को सातादेखि सुरु हुने नवौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायकको बिदाइ गरिएको छ। शनिबार सीतापाइला तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यबहाक मेयर सुशीला अधिकारी, नागार्जुन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीलगायतले नेपाली खेलाडी तथा निर्णायकको बिदाइ गरेका थिए। 

नवौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सीतापाइला तेक्वान्दो डोजाङका ओम भण्डारी र सुविन सापकोटाले प्रतिस्पर्धा गर्ने छन्। जुलाई ३१ देखि अगष्ट २ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपमा ओमले ग्योरोगीको ८० केजीमुनि र सुविनले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। सोही प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री बब्लु सिवाकोटी र टीकाप्रसाद लिम्बूले निर्णायकको भूमिका निर्वाह गर्ने छन्। 

बब्लु सीतापाइला तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हुन्। यसअघि बब्लु र टिकाप्रसादले भियतनाममा आयोजना हुने दोस्रो जेभी भियतनाम ओपन तेक्वान्दो च्याम्पियनसिप (जी–वान) मा पनि निर्णायकको भूमिका निर्वाह गर्ने छन्। 

बब्लुले केही समयअघि अस्ट्रेलियाका विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए। उनले विश्व तेक्वान्दोको वरीयता प्राप्त ओसियना ओपन पारा तेक्वान्दो च्याम्पियनसिप (जी–फोर), डब्लुटीए प्रेसिडेन्ट कप (जी–थ्री), अस्ट्रेलियन ओपन (जी–टु) र गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप (जी–टु) मा निर्णायकको भूमिका निर्वाह गरेका थिए। यस्तै टिकाप्रसादले पनि दक्षिण कोरियामा आयोजना भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

बिदाइ कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाकी कार्यबहाक मेयर सुशीला अधिकारीले खेलकुदको विकास र विस्तारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै तेक्वान्दो खेलको विकासमा पनि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। 

उनले नागार्जुन नगरपालिकामा सीतापाइला तेक्वान्दो डोजाङले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउँदै आएको बताइन्। सोही कार्यक्रममा सीतापाइला तेक्वान्दो डोजाङका पहिलो र दोस्रो डान उत्तीर्ण खेलाडीको प्रमाणपत्र पनि वितरण गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.