पावरप्लेमा नेपालको ३ विकेट पतन
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पावरप्लेमा ३ विकेटको क्षतिमा ३३ रन बनाएको छ ।
नेदरल्यान्ड्समा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा नेपालले दुई ओपनरसहित कप्तान रोहित पौडेलको पनि विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा ओपनर आसिफ शेख १४ रनमा क्याच भए । उनले १७ बलमा २ चौका प्रहार गर्दै एलेक्स रोयको बलमा क्याच भए । दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेल ९ रनमा एलबीडब्ल्यू भए ।
उनले २० बलमा १ चौका प्रहार गरे । उनलाई काइल क्लेइनले एलबीडब्ल्यू धरापमा पारे । कप्तान रोहित पौडेल ३ रन बनाएर रोयको बलमा एलबीडब्ल्यू आउट भए । नेदरल्यान्ड्सका लागि एलेक्स रोयले २ र काइल क्लेइन १ विकेट लिए । श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबीयासँग ८ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस !