बंगलादेशका राष्ट्रपतिले दिए राजीनामा

बंगलादेशका राष्ट्रपतिले दिए राजीनामा
सुन्नुहोस्

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७६ वर्षीय शाहाबुद्दिनले गम्भीर स्वास्थ्य अवस्थाका कारण पद त्यागेको जनाएको छ।

विज्ञप्तिअनुसार हालै गरिएको स्वास्थ्य परीक्षणमा शाहाबुद्दिनलाई 'अटोनोमिक न्युरोपाथी' भएको पुष्टि भएको छ। उक्त समस्याका कारण आफूलाई बेला-बेला क्षणिक रूपमा होस गुम्ने समस्या हुने भएकाले राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनले बताएका छन्।

पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिने शाहाबुद्दिन सन् २०२३ को अप्रिलदेखि राष्ट्रपतिको पदमा थिए। सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि हसिना भारत पलायन गरेपछि उत्पन्न राजनीतिक संकटको अवधिमा पनि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

शाहाबुद्दिनको राजीनामासँगै शेख हसिनाको उच्च राजनीतिक तहमा रहेका अन्तिम सहयोगी पनि बाहिरिएका छन्। हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लागिसकेको छ भने आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता जेलमा छन् वा भूमिगत भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.