सरकार र सीजेपीबीच भएन सहमति, धर्मेन्द्र प्रधानको राजीनामामा अड्कियो वार्ता

सरकार र सीजेपीबीच भएन सहमति, धर्मेन्द्र प्रधानको राजीनामामा अड्कियो वार्ता
सुन्नुहोस्

भारत : निट प्रश्नपत्र चुहावट प्रकरणमा विगत तीन सातादेखि प्रदर्शन गरिरहेको कक्रोेच जनता पार्टी (सीजेपी) र सरकारबीच आज भएको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । यद्यपि सीजेपीले सरकार आफ्ना तीनमध्ये दुई मागमा सकारात्मक भएको दाबी गरेको छ । तर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागमा भने सहमति हुन सकेको छैन ।

यस विषयमा सरकारले भोलिसम्म समय मागेको बताइएको छ । अब भोलि दिउँसो करिब १२ बजे सरकार र सीजेपीबीच पुनः वार्ता हुने भएको छ ।
यसअघि संविधान क्लबमा सीजेपी र सरकारका प्रतिनिधि मण्डलबीच करिब ५० मिनेटसम्म छलफल भएको थियो । सीजेपीको तर्फबाट प्रवक्ता सौरभ दास र आशुतोष रंकाले वार्ता गरेका थिए भने सरकारको तर्फबाट केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए ।

धर्मेन्द्र प्रधानको राजीनामामा सम्झौता नहुने
बैठकपछि सीजेपी प्रवक्ता सौरभ दासले मन्त्रीहरूसँग करिब १० मिनेट छलफल भएको बताए । उनका अनुसार सरकारले सीजेपीका तीन मागमध्ये दुई मागमा सकारात्मक संकेत दिएको छ । सौरभ दासका अनुसार निट तयारी गर्ने क्रममा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिने प्रस्तावमा सरकार सकारात्मक देखिएको छ । साथै आन्दोलनकारी विद्यार्थीमाथि दर्ता गरिएका मुद्दा र कानुनी मुद्दा फिर्ता लिने विषयमा पनि सरकारको धारणा सकारात्मक रहेको उनले बताए । तर तेस्रो मागबारे भने सहमति हुन नसकेको उनले बताए । उनले भने, ‘धर्मेन्द्र प्रधानको राजीनामाको हाम्रो मागमा कुनै सम्झौता हुँदैन ।’

दुई मागमा सैद्धान्तिक सहमति
सीजेपीका राष्ट्रिय प्रवक्ता आशुतोष रंकाले भने, ‘सरकारले धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे भोलि दिउँसोसम्मको समय मागेको छ । हामी आशावादी छौँ कि सरकारले उनलाई चाँडै हटाउनेछ । सरकारले निट तयारी गर्ने क्रममा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने र विद्यार्थीमाथि लगाइएका मुद्दा तथा कानुनी कारबाही फिर्ता लिने दुई मागमा सैद्धान्तिक सहमति जनाएको छ ।’

यसअघि २० जुलाईमा पनि भएको थियो वार्ता
यसअघि २० जुलाईमा केन्द्रीय स्वास्थ्य मन्त्रीको सरकारी निवासमा भएका लगातार दुई चरणका बैठकमा सौरभ दास र आशुतोष रंका सहभागी भएका थिए । उता सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्ना प्रमुख मागमा सरकारबाट आश्वासन पाएपछि २६ दिनदेखि जारी अनशन बिहीबार राति अन्त्य गरेका थिए । त्यसपछि आज संविधान क्लब अफ इन्डियाको विठ्ठलभाई पटेल हाउसमा यो वार्ता भएको हो ।

यसअघि सीजेपीले मन्त्रीको निवास वा कार्यालयमा वार्ता गर्ने सरकारको निमन्त्रणालाई अस्वीकार गरेको थियो । उसले आपसी सहमतिमा तय गरिएको स्थानमा मात्र वार्ता गर्ने बताएको थियो । सीजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जन्तर–मन्तरमा प्रदर्शन जारी राख्ने बताएको छ ।

धर्मेन्द्र प्रधानको राजीनामा बाहेक संगठनले प्रतियोगी परीक्षामा भएको भनिएको अनियमितताको जिम्मेवारी तय गर्नुपर्ने, शिक्षा प्रणाली सुधार गर्नुपर्ने, निट प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १–१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका विद्यार्थीमाथि दर्ता गरिएका सबै एफआईआर तथा कानुनी कारबाही फिर्ता लिनुपर्ने माग राख्दै आएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.