करेन्ट लागेर महिलाको मृत्यु
काभ्रे : भुम्लु गाउँपालिका-८, भुम्लुटारमा विद्युत् सर्ट भई करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन बिष्टका अनुसार विद्युत् सर्ट भई खम्बा अड्याउन राखिएको स्ट्यान्डमा करेन्ट प्रवाह हुँदा भुम्लु गाउँपालिका-७, फलाँटेका देवी उप्रेतीको मृत्यु भएको जानकारी दिए। उनी दैनिक रूपमा बजारमा दूध पुर्याउन सोही बाटो हुँदै आवतजावत गर्दै आएका स्थानीयको भनाइ छ।
घटनाप्रति स्थानीयवासीले दुःख व्यक्त गर्दै विद्युत् संरचनाको सुरक्षा तथा मर्मतसम्भारमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्। घटनाको सत्यतथ्य छानबिन गरी विद्युत् संरचनालाई सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !