पाल्पामा टिपर दुर्घटना, चालकको  मृत्यु

पाल्पामा टिपर दुर्घटना, चालकको  मृत्यु
फाइल फोटो
सुन्नुहोस्

तानसेन : पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तिनाउ गाउँपालिका–३ छहरागैरामा गए राति भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गए राति करिब ११ बजे छहरागैरामा आफैं अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो । 

दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले  घाइते चालक लम्तरीको उद्धार गरी उपचारका लागि बुटवल पठाएको थियो । उनको बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.