दमकमा दुईटा सवारी साधनसँग ठोक्किँदा साइकल यात्रीको मृत्यु

दमकमा दुईटा सवारी साधनसँग ठोक्किँदा साइकल यात्रीको मृत्यु
सुन्नुहोस्

झापा : दमकमा दुई वटा सवारी साधनसँग ठोक्किँदा एक साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइलक चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  बुधवार साँझ ५ः३० बजे दमक नगरपालिका–४ भाइरल रोडको संगम चोकस्थित भित्री सडक खण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई सामान्य ठक्कर दिएको थियो । 

साइकल अनियन्त्रित हुँदा सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा साइकल यात्री दमक–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए । टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई आम्दा अस्पताल दमक पठाइएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा बिहीबार बिहान ४ बजे उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेत समेत घाइते भएका छन् । उनको निधार, दुवै हात र खुट्टामा चोट चोट लागेकोले बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यता प्रहरीले साइकल, मोटरसाइकल, कार र कार चालक मोरङ उर्लाबारी नगरपालिका–७ निवासी ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.