बाँदर र बँदेल धपाउन २० जनालाई ‘जागिर’

बाँदर र बँदेल धपाउन २० जनालाई ‘जागिर’

अर्घाखाँची : मिहिनेत र पसिना सिँचेर हुर्काएको हरियो बाली आँखा अगाडिकै बाँदरको बथानले क्षणभरमै सखाप पारिदिँदा पहाडी डाँडाकाँडाका किसानहरूको छाती भित्रभित्रै पिल्सिएको छ। हुलका हुल बाँदर पसेर खेतबारीमा फुल्दै गरेका मकैका चामर होऊन् या पाक्नै लागेका अन्नबाली, बाँदरको टोलीले एकैछिनमा सखाप पारिदिन्छ। गुलेली पड्काएर, पटाका फुटाएर, पुतला झुन्ड्याएर वा बन्दुक देखाएर वन्यजन्तु धपाउने पुराना उपायहरू अब पूर्णरूपमा असफल सिद्ध भइसकेका छन्। बाँदरकै उपद्रव र त्रासका कारण कतिपय किसानहरूले त आफ्नो उठिबास नै लगाएका छन् भने थुप्रै उर्वर जमिनहरू अहिले बाँझो झाडीमा परिणत हुन पुगेका छन्।

संसद्मा समेत ‘बाँदरलाई कि त सलामी देऊ, नभए मलामी देऊ’ भन्ने विषयमा सांसदहरूबीच बहस भएको छ। अर्घाखाँचीमा भने बाँदर तथा बँदेलका कारण बालीनालीमा हुने क्षति कम गर्ने उपाय खोज्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर र बँदेल हेरालु’ छनोट गरेको छ।

बाँदर अति प्रभावित क्षेत्रका किसानको खेती सुरक्षित गर्ने र मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको वन कार्यालयले जनाएको छ। तीमध्ये २० जना व्यक्ति छनोट भएका छन्। डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा सिर्जनशील कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ।

छनोट भएका हेरालुहरूलाई साउन ५ गते बिहान ११ बजे परिचय खुल्ने कागजातसहित सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन कार्यालयले सूचनामार्फत आग्रह गरेको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराई भन्छन्, ‘सामुदायिक वन समूहको लागत साझेदारी र सहकार्यमा २० जना हेरालु छनोट गरिएको हो। उनीहरूले बालीनाली जोगाउन नियमित निगरानी गर्ने र जैविक विविधतालाई असर नपर्ने गरी मानवीय तरिकाले वन्यजन्तु धपाउनेछन्।’

छनोट भएका हेरालुहरूमा गणेश पोखेल, पूर्णबहादुर कब्दार राना, दीपककुमार   श्रेष्ठ, मनोज   श्रेष्ठ, भक्तिराम भुसाल, कृष्णप्रसाद घिमिरे, भक्तिराम खनाल, कमल ज्ञवाली, सन्तोष भाट क्षेत्री, कृष्णप्रसाद खनाल, मिलन पौडेल, नारायणबहादुर खड्का, माधव बन्जाडे, टेकनाथ भुसाल, पुष्करनाथ आचार्य, मुक्तिराम घिमिरे, केशव घर्ती, तुलसीराम पोखरेल, केशव भट्टराई र नारायण खनाल छन्।

उनले अहिलेको आवश्यकता ५४ र ४६ प्रतिशतको अंकगणितभन्दा माथि उठेर दुवै पक्षलाई एउटै संरचनामा जोड्ने राजनीतिक निर्णय भएको बताउँदै भने, ‘५४ प्रतिशतले गैरकानुनी रूपमा नेतृत्व हटायो। अदालत र निर्वाचन आयोगले त्यसलाई मान्यता दिए, तर त्यसले राजनीतिक समस्या समाधान गरेको छैन। ५४ र ४६ प्रतिशतलाई जोड्ने काम मात्रै सम्पूर्ण एकता हो। यो पदको बार्गेनिङ हो ? हामी कुनै पद वा जिम्मेवारीको सौदाबाजीमा छैनौं, अहिलेको संघर्षलाई आत्मसम्मानको लडाइँका रूपमा व्याख्या गरौं।’

भदौ २४ को दिन ४ घण्टामा देश तहसनहस भएको बताउँदै उनले भने, ‘माओवादी युद्धमा जल्न नसकेको सिंहदरबार, अदालत, शीतल निवास चारै घण्टामा कसरी जल्यो ? के यो नेपाली मात्रैको सहभागिताले भएको हो ? त्यसैले म भन्छु, २०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलाप भन्नुहुँदाको समयभन्दा अहिले सयौं–सयौं गुणा बढी राष्ट्रियता संकटमा छ।’

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेटेर नेतृत्वलाई पूर्णता दिनुपर्ने प्रस्तावलाई केही नेताले बार्गेनिङका रूपमा व्याख्या गरेको खड्काले बताए। उनले भने, ‘त्यो कुनै मोलमोलाइको प्रस्ताव नभई कांग्रेसलाई फेरि एउटै संरचनामा उभ्याउने राजनीतिक समाधानको प्रयास हो। तर, अब हामी निष्क्रिय बस्दैनौं, संस्थापन युवाहरूलाई अगाडि सारेर उनीहरूको रक्षाकवच बन्न तयार छौं।’

कार्यक्रममा नेता डा. शेखर कोइरालाले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र पछिल्लो समय चर्चामा आएको सामाजिक लोकतन्त्र फरक अवधारणा भएको बताएका छन्। कांग्रेसले बीपीको विचार त्याग्न नसक्ने उल्लेख गर्दै उनले सामाजिक लोकतन्त्रलाई पार्टीको नयाँ वैचारिक आधार बनाउने प्रयासप्रति प्रश्न उठाए। कोइरालाले पछिल्लो समय कांग्रेसभित्र निर्णय प्रक्रिया संकुचित हुँदै गएको, फरक मत राख्नेहरूमाथि कारबाही बढेको र लोकतान्त्रिक पार्टीभित्रै स्वेच्छाचारी अभ्यास हाबी हुन थालेको आरोप लगाए।

उनले वडा सभापतिहरूमाथि भएको कारबाहीको प्रसंग उठाउँदै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘नेपाली कांग्रेस अचेल हुकुमी शासनको ढर्रामा चलिरहेको महसुस हुन थालेको छ, निरंकुशता अन्त्यका लागि स्थापना भएको कांग्रेसभित्रै स्वेच्छाचारिता सह्य हुन सक्दैन।’

शेखरले विवाद संगठनात्मक नभई वैचारिक पनि भएको तर्क अघि सार्दै पछिल्लो समय कांग्रेसभित्र उठिरहेको सामाजिक लोकतन्त्रको बहसप्रति स्पष्ट असहमति जनाउँदै भने, ‘कांग्रेसको मूल वैचारिक आधार बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद हो।’

सभापतिप्रति आक्रोश पोख्दै शेखरले पार्टीभित्रको अहिलेको गतिरोध अन्त्य गर्ने जिम्मेवारी नेतृत्वकै भएको भन्दै समयमै पहल गर्न आग्रह गर्दै भने, ‘यदि कुनै दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईंको हुनेछ। व्यक्तिवादी चरित्र छोड्नुहोस्। स्वार्थीपन छोड्नुहोस्। पार्टी एकताका लागि छिटो पहल गर्नुहोस्।’ पूर्वउपसभापति विमलेन्द्र निधिले पनि कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्र अँगाल्नु अग्रगमन नभई पश्चगमन हुने टिप्पणी गरे। त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई खुला मनका साथ पार्टी एकताको वातावरण बनाउन आग्रह गर्दै नेतृत्वले साहसिक निर्णय लिनुपर्ने बताए।

पूर्वउपसभापति विजयकुमार गच्छदारले त्याग र बलिदान गरेका नेताहरूलाई बेवास्ता गरेर कांग्रेस बलियो हुन नसक्ने टिप्पणी गरे भने पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेतृत्वले असन्तुष्टि र मतभेदलाई समयमै सम्बोधन गर्न नसके त्यसको राजनीतिक र नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने चेतावनी दिए। कार्यक्रमकै क्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै सातै प्रदेशमा भएका भेलापछि अब नयाँ कार्यदिशासहित अघि बढ्ने बताए।

सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने बीपी स्मृति दिवसलाई दुईदिने कार्यक्रमका रूपमा मनाइरहेको थियो। बुधबार ‘ग्रीन रन’ आयोजना गरेको संस्थापन पक्षले बिहीबार बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.