रामेछापमा कटहर टिप्न लाग्दा रुखबाट लडेर एक वृद्धाको मृत्यु
रामेछाप : रामेछापमा एक वृद्धाको लडेर मृत्यु भएको छ। लिखु तामाकोशी गाउँपालिका- २ सैपु पुलुमा ७३ वर्षीय हस्तमाया सुनुवारको कटहर झार्नेक्रममा खनिउको रुखबाट लडेर बुधबार मृत्यु भएको हो।
वडा अध्यक्ष सन्तोष पौडेलको अनुसार ओखलढुंगाको खिजिदेम्बा घर भएकी उनी सानीमा लिलामाया सुनुवारको घरमा विगत २०/२५ वर्ष अगाडिदेखि बस्दै आएकी थिइन्। मंगलबार साँझ उनी लडेको स्थानीयले देखेपछि सिरिसे मेडिकल लगेर सामान्य औषधि उपचारपश्चात् नजिक एक जना स्थानीयको घरमा राखिएको थियो । तर भोल
उनको आज मन्थलीमा शव ल्याएर पोस्टमार्टमपश्चात् दाहसंस्कार गरिने वडाअध्यक्ष पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
३