नेपाल लाइफले एक वर्षमै संकलन गर्‍यो १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क

नेपाल लाइफले एक वर्षमै संकलन गर्‍यो १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क
सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।

२५औँ वार्षिकोत्सव (सिल्भर जुबिली) मनाइरहेको कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यसअघि गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै बनाएको रेकर्डलाई यस वर्ष थप उचाइमा पुर्‍याउँदै १३ अर्ब रुपैयाँभन्दा बढी एफपीआई संकलन गर्न सफल भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस उपलब्धिमा योगदान पुर्‍याउने सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

उनले कम्पनीप्रति ग्राहकले देखाएको विश्वास, अभिकर्ता र कर्मचारीको समर्पण तथा संस्थागत सुशासनका कारण यो उपलब्धि सम्भव भएको उल्लेख गरेका छन्।

नेपाल लाइफले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.