स्पेन र अर्जेन्टिना आमनेसामने हुँदा बेलायतमा यी दम्पती पनि विभाजित
न्यूयोर्क : न्यु जर्सीस्थित रंगशालामा मात्र होइन, बेलायतको लिंकनशायरस्थित एउटा घरमा पनि उत्तिकै तनावपूर्ण माहोल हुनेछ।
स्पेनको म्याड्रिडमा जन्मिएकी मारिया हेरेइज र उनका अर्जेन्टिनी श्रीमान् आन्द्रेस रोकोले फाइनल खेल सँगै बसेर हेर्ने तयारी गरेका छन्।
लिंकनमा डेलिकाटेसन (विशेष खाद्य सामग्री) पसल सञ्चालन गर्ने यो दम्पतीले भने आ-आफ्नो जन्मदेशलाई समर्थन गर्नेछन्। मारियालाई स्पेन (ला रोजा)ले उपाधि जित्नेमा पूर्ण विश्वास छ।
तर आन्द्रेसका अनुसार उनीहरूका तीन सन्तान भने इंग्ल्यान्डमै जन्मिएका भएकाले उनीहरू इंग्ल्यान्डका समर्थक हुन्। 'हाम्रो परिवार तीन देशमा विभाजित छ,' आन्द्रेसले भने।
आफ्नो परिवारभित्रको फरक-फरक समर्थनबारे बोल्दै मारियाले बीबीसी रेडियो लिंकनशायरसँग भनिन्, 'नतिजा जे आए पनि म खुसी हुनेछु, तर मेरो चाहना स्पेनले जितोस् भन्ने हो।'
स्पेनमा पनि केही समय बिताएका आन्द्रेसले भने '६०-४०' को सम्भावना रहेको बताए। 'तर अन्ततः म अर्जेन्टिनाकै समर्थक हुँ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !