क्यानडामाथि कर लगाउने ट्रम्पकाे चेतावनी

क्यानडामाथि कर लगाउने ट्रम्पकाे चेतावनी
सुन्नुहोस्

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (टैरिफ) लगाउने चेतावनी दिएका छन्। क्यानडाले आफ्नो देशका जङ्गलहरूको उचित हेरचाह नगरेका कारण अमेरिकाले प्रदूषित हावाको सामना गर्नुपरेको ट्रम्पले आरोप लगाएका छन्।

जसका कारण ट्रम्पले यस विषयमा चाँडै नै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुराकानी गरी जवाफ माग्ने बताए। क्यानडाको यस कथित लापरवाहीको जवाफमा नयाँ शुल्कहरू लगाउन सकिने उनको चेतावनी छ।

शुक्रबार अबेर राति आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले लेखेका छन्, 'क्यानडाले आफ्ना जङ्गलहरूको सही तरिकाले हेरचाह नगरेका कारण हामी उसलाई जिम्मेवार ठहर्‍याउँछौँ। यसकै कारण अमेरिकामा फोहोर, प्रदूषित र हानिकारक हावा आइरहेको छ। यो हावाको गुणस्तर खतरनाक छ र यो बिल्कुलै स्वीकार्य छैन। म प्रधानमन्त्रीसँग कुरा गर्नेछु र उनीहरू यस विषयमा के गर्दैछन् भनेर सोध्नेछु।'

ट्रम्पले अगाडि थपेका छन्, 'यो जानाजानी गरिएको लापरवाही हो र अहिले यो हरेक वर्षको समस्या बन्दै गएको छ। यसबाट अमेरिकालाई अर्बौँ डलरको नोक्सानी भइरहेको छ। यस प्रदूषणको मूल्य पनि क्यानडामाथि हाल लगाइँदै गरेको भन्सार शुल्कमा थप गरिनेछ।'

क्यानडाका सयौँ जङ्गलहरूमा भीषण डढेलो लागिरहेको छ, भने त्यसको धुवाँले उत्तरी अमेरिकाको ठुलो हिस्सालाई प्रभावित पारेको छ।

शुक्रबारसम्म क्यानडाका जङ्गलहरूमा डढेलो लागेका करिब ८८८ घटनाहरू दर्ता भइसकेका छन्, जसमध्ये अधिकांश अझै पनि नियन्त्रण बाहिर छन्। यीमध्ये १९० भन्दा बढी घटनाहरू ओन्टारियो प्रान्तका मात्रै हुन्।

अर्कोतर्फ, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तनको सामना गर्नु क्यानडा र अमेरिका दुवैको साझा जिम्मेवारी भएको कुरा यसअघि नै स्पष्ट पारिसकेका छन्।

ट्रम्पको चेतावनीपछि क्यानडाका आपत्कालीन व्यवस्थापन मन्त्रीले दुवै देश प्राकृतिक विपत्तिसँग लड्नका लागि लगातार सम्पर्कमा रहने गरेको र सहकार्यको लामो इतिहास रहेको बताएका छन्। उनले सन् १९८२ को अग्नि नियन्त्रण सम्झौता र सन् २०२५ को जी-७ शिखर सम्मेलनका क्रममा भएको विपद् व्यवस्थापन सहकार्य सम्झौताको समेत स्मरण गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.