प्रधानमन्त्री शाह र जुत्ता व्यवसायीबीच विशेष छलफल हुँदै

प्रधानमन्त्री शाह र जुत्ता व्यवसायीबीच विशेष छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।

बैठकमा स्वदेशी जुत्ता-चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.