निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
सुन्नुहोस्

काठमाडौं : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका महेश्वर भक्त श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

प्रचलित कानुन र मापदण्ड मिचेर सरकारले नियुक्ति गरेको भन्दै निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले बिहीबार रिट दायर गरेका हुन्। कार्कीले कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर गर्न माग गरेका छन्। 

नेपाल वायुसेवा निगम ऐन, २०१९ र सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम कार्यकारी प्रमुखको उमेर हद ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। तर, श्रेष्ठ ८० वर्ष पुगिसकेको व्यक्ति भएकाले उनको नियुक्ति प्रथम दृष्टिमै गैरकानुनी र असंवैधानिक रहेको रिट निवेदनमा दाबी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.