सुदूरपश्चिममा नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिममा नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
सुन्नुहोस्

धनगढी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनका लागि राजनीतिक पहल अघि बढाउने निर्णय गरेको छ।

बिहीबार प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा नयाँ सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वय गर्ने निर्णय गरेको हो।

बैठकले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। साथै, नयाँ राजनीतिक समीकरण नबन्दासम्म सरकारले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न पनि नेकपाले अनुरोध गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारमा पछिल्ला दिनमा बजेटलाई लिएर विवाद चर्किएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गरेपछि सत्ता साझेदार दलबीच मतभेद बढेको थियो। त्यसकै बीच मुख्यमन्त्री शाहले बुधबार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पदमुक्त गरेका थिए।

मुख्यमन्त्रीको उक्त निर्णयलगत्तै एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तापछि सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले बजेट पारित गराउन नेकपासँग सहयोगको आग्रह गरेका थिए। तर, नेकपाले वर्तमान अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने स्पष्ट पार्दै नयाँ राजनीतिक निकास आवश्यक रहेको धारणा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.