संसदीय सुनुवाइ समिति

निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूविरुद्ध उजुरी आह्वान

निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूविरुद्ध उजुरी आह्वान
सुन्नुहोस्

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाइ प्रक्रिया सुरू गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । 

प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने उनले जानकारी दिए।

बैठकमा बिपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा नभइ प्रक्रिया पुराएर अघि बढाउन आग्रह गरेका थिए । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रुपमा नै सुनुवाइ गर्नुपर्ने धारणा राखे।

त्यस्तै समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाइको विगतको अभ्यास अनुसार अघि बढाउनुपर्ने बताए। सांसदहरूको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रुपमा नै प्रयाप्त छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाइने बताए । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीनजनाको नाम सिफारिस गरेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.