संघीयता कुनै टिकटक बनाएर आएको होइन : सांसद बुढामगर
काठमाडौं : प्रतिनिधिसभाकी सांसद भिमकुमारी बुढामगरले नेपालको संघीयता कुनै टिकटक बनाएर नआएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद बुढामगरले अहिलेको रास्वपा सरकार संघीयता मास्ने बाटोमा रहेको आरोप लगाइन् ।
उनले नेपालको संघीयता हजारौंको बलिदानीबाट प्राप्त भएको बताउँदै उनले भनिन्, ‘नेपालमा संघीयता कुनै टिकटक बनाएर आएको होइन् ।’ उनले रास्वपा नेतृत्वको सरकारमाथि नागरिकले गरेको आशा निरासामा परिणत हुन थालेको बताएकी छन् । उनले अहिले रास्वपालाई भोट दिएर सरकारमा पुर्याउने जनताले किन मत दिइएछ भनेर घरघरमा समीक्षा गरिरहेको समेत बताइन् ।
प्रतिक्रिया दिनुहोस !