प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। सेयर कारोबार साताको तेस्रो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले घटेर २६४६.६८ विन्दुमा अडिएको छ।
यो समयमा ४१ वटा स्टक्सको ९ हजार ६९८ कित्ता सेयर ७७ लाख २५ हजार ३२३ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !