झ्याप–झ्याप बत्ती जाने समस्याको समाधानका लागि कार्यदल गठन

झ्याप–झ्याप बत्ती जाने समस्याको समाधानका लागि कार्यदल गठन
सुन्नुहोस्

देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कार्यदल गठन गरेको छ। 

मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको हो। कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै लापरबाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत निर्देशन जारी गरेका छन्। 

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.