अजयमेरुको राजुसलमा समाधान हुँदै खानेपानीको समस्या

अजयमेरुको राजुसलमा समाधान हुँदै खानेपानीको समस्या
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का तीन गाउँमा ३० लाखको खानेपानी योजना सम्पन्न भएसँगै खोनेपानीको हाहाकार व्यहोरी रहेको राजुलवासीको समस्या चाँडै समाधान हुँदैछ ।  वर्षौंदेखिको पानी अभाव झेल्दै आईरहेका राजुलवासीको सपना एक घर, एक धारा योजनाले पुरा गरेको हो। जिल्लाको अजयमेरु गाउँपालिका–६ अन्तर्गतको दुर्गम राजुल क्षेत्रमा सञ्चालन गरिएको ‘एक घर, एक धारा’ अभियान पुरा भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको खानेपानी योजनाअन्तर्गत ३१ वटा धारा निर्माण भएपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई ठूलो राहत पुगेको हो । स्थानीय खोला र न्वालाको पानी घरमा ल्याउनका लागि नै घण्टौ लाईनमा वस्नु पर्ने वाध्इता घरमा धारो पुगे संगै पुरा भएको स्थानियको भनाई छ ।

बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिकाको सीमासँग जोडिएको राजुलका भण्डारी गाउँ, न्वाली गाउँ र पुडिल गाउँमा घरघरमा धारा पुगेपछि स्थानीयको दैनिक जीवन सहज बनेको छ । राजुल क्षेत्रमा पर्याप्त खानेपानीका मुहान छैनन् । उपलब्ध मुहानको संरक्षण गर्दै क्रमागत योजनामार्फत पहिलो चरणमा तीन वटै गाउँमा घरघरमा धारा निर्माण गरिएको वडा नं ६ का अध्यक्ष हरि भण्डारीले जनाए । यसअघि पनि राजुलका करिब ४० घरधुरीमा धारा जडान गरिसकिएको अध्यक्षले जानकारी दिए ।

वडा कार्यालय, माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, आयुर्वेद आरोग्य केन्द्र र सानो बजार रहेको राजुलमा केही मात्रामा खानेपानीको सुविधा भए पनि अन्य बस्तीमा पानीको चरम अभाव थियो । त्यसैले बढी समस्या भएका गाउँलाई पहिलो प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिएको वडा अध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार योजना सम्पन्न भएपछि महिलाले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हट्दै गएको स्थानीय उपभोक्ता वीरेन्द्र भण्डारीले वताए । घरमै धारा पुगेपछि सरसफाइमा सुधार हुनुका साथै समय र श्रमको समेत बचत भएको स्थानीय खुशी छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डडेल्धुराका प्राविधिक पुष्प भट्टका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ३० लाख रुपैयाँको लागतमा योजना सम्पन्न गरिएको हो ।

उनका अनुसार स्किम नं. २ र ५ अन्तर्गत माथिल्लो टोलमा दुई–दुई घनमिटर क्षमताका दुईवटा ट्यांकी, पाँच वटा इन्टेक तथा पाँच वटा धारा निर्माण गरिएको छ । तल्लो टोलमा चार घनमिटर क्षमताको ट्यांकी, १० वटा धारा, शाखा लाइन तथा इन्टेक निर्माण गरिएको छ । अर्को टोलमा १० घनमिटर क्षमताको ट्यांकीसहित बाँकी धारा निर्माण गरी नियमित रूपमा खानेपानी वितरण सुरु गरिएको वताए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.