टिपरले ठक्कर दिँदा गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौ लगिँदै
रौतहट : रौतहटको चन्द्रपुर–८ अल्टोकी गाउँमा दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । चन्द्रपुर नगरपालिका– ९ घर भएका हरिप्रसाद तिमल्सिनालाई म.प्र ०३–००१ क ३२६२ नम्बरको टिपरले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेपछि हेलिकप्टरमार्फत काठमाडौ लाने तयारी रहेको आफन्तले जनाएका छन् ।
गम्भीर घाइते तिमल्सिना मानवसेवा आश्रममा एक कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा दुर्घटना भएको हो । घाइते तिमल्सिना चन्द्रपुर–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक हुन् ।
प्रतिक्रिया दिनुहोस !