सहकारी विधेयक प्रतिनिधिसभाबाट पारित

सहकारी विधेयक प्रतिनिधिसभाबाट पारित
सुन्नुहोस्

काठमाडौं : ‘सहकारी (पहिलो संशोधन) विधेयक–२०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री रावतले अहिले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीबाट असुल गरेर फिर्ता गरिरहेको बताइन् । यद्दपी राज्य अभिभावक भएकाले आगामी दिनमा बचककर्ताको समस्या समाधान गर्न पछि नहट्ने उनले बताइन् ।

उनले विधेयकमाथि आएका सुझावहरुलाई आगामी दिनमा सरकारले सम्बोधन गर्दै लैजाने उल्लेख गरिन् । सहकारी क्षेत्रमा देखिएका नीतिगत बिषयहरुलाई सुधारका लागि सरकारले उक्त विधेयक ल्याएको उनको भनाइ छ । यसअघि संशोधनकर्ता सांसदहरुले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई दर्ता गरेको स्थानमा मात्रै काम गर्न पाउने र नियमनलाई कडाई गर्नुपर्ने धारणा राखेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.