गोरखापत्र, सुरक्षण मुद्रण र विकास संरचना समितिमा को-को भए नियुक्त ?
काठमाडौं : सरकारले गोरखापत्र संस्थान, सुरक्षण मुद्रण केन्द्र र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त पदमा ३ जना नियुक्त गरेको छ।
गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावल, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङ देवराज ढुङ्गाना र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्का नियुक्त भएका हुन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस !