रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बनस्थलीमा

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बनस्थलीमा
सुन्नुहोस्

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ ।
चितवनमा भएको प्रथम महाधिवेशनपछि आज पार्टी मुख्यालयमा केन्द्रीय समितिको पहिलो बैठक बसेको छ ।

यसअघि पार्टी सभापति रबि लामिछानेले नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । रास्वपा पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनमा सुरु भएको थियो । ६ दिनसम्म चलेको महाविधेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन् ।

सभापति लामिछानेले महाधिवेशनस्थलमै शपथ लिएका थिए । त्यस्तै, सभापतिमा लामिछाने र उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् । रास्वपाका वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुने व्यवस्था छ । यस्तै, सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.