विश्वकप

इक्वेडरलाई पराजित गर्दै सहआयोजक मेक्सिको राउन्ड अफ १६ मा

इक्वेडरलाई पराजित गर्दै सहआयोजक मेक्सिको राउन्ड अफ १६ मा

काठमाडौं : फिफा विश्वकप २०२६ को अन्तर्गत इक्वेडरलाई पराजित गर्दै सहायोजक मेक्सिकोले राउन्ड अफ १६ मा स्थान बनाएको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गरेको हो।

पहिलो हाफमा नै मेक्सिकोले इक्वेडर विरुद्ध २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा कुनै पनि गोल भएन। 

मेक्सिकोले ४० वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो। सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न नसकेको मेक्सिकोले घरेलु मैदानमा ऐतिहासिक जित दर्ता गरेको हो। 

मेक्सिकोको लागि घरेलु मैदानमा खेलको २२ औं मिनेटमा जुलियन क्युनिओनसले गोल गर्दै अग्रता बनाए। घरेलु समर्थकको अगाडि मेक्सिकोले खेलको ३१ औं मिनेटमा दोस्रो गोल गर्‍यो। मेक्सिकोको लागि राउल जिमिनेजले टोलीको लागि दोस्रो गोल गरेका हुन्। 

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ। पाँचौं पटक विश्वकप खेलेको इक्वेडरले दोस्रो पटक समूह चरण पार गरेको थियो। 

मंगलबार राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ ले हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको थियो।‌ आजको पहिलो खेलमा फ्रान्स स्विडेनलाई ३-० गोलले पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.