केप भर्डेको ऐतिहासिक उडान

केप भर्डेको ऐतिहासिक उडान
सुन्नुहोस्

एजेन्सी/टेक्सास : अफ्रिकाको सानो द्वीपीय राष्ट्र केप भर्डेले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलो सहभागितामै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै केप भर्डेले आफ्नो साहसिक प्रदर्शनबाट विश्वभरका फुटबल समर्थकको ध्यान नान्न पनि सफल भएको छ। 

समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि र अर्को खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गरेसँगै केप भर्डे समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। समूह ‘एच’बाट स्पेन विजेता र केप भर्डे उपविजेताका रुपमा नकआउट चरणमा पुग्दा दुई पटकको विजेता उरुग्वे र साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएका छन्।

करिब पाँच लाख जनसंख्या भएको केप भर्डेले पहिलो पटक विश्वकपमा छनोट हुँदै यसअघि नै इतिहास बनाएको थियो। अब प्रतियोगिताको पहिलो सहभागितामा नकआउट चरणसम्म पुगेर आफ्नो उपलब्धिलाई थप ऐतिहासिक बनाएको छ। टोलीका प्रशिक्षक पेड्रो ब्रिटोले यो सफलतालाई ‘सानो राष्ट्रका लागि ठूलो सपना साकार भएको क्षण’का रुपमा व्याख्या गरेका छन्। 

समूह चरणभर केप भर्डेले अनुशासित रक्षापंक्ति, उत्कृष्ट गोलरक्षण र दृढ प्रदर्शन प्रस्तुत गरेको थियो। प्रतियोगिताको अर्को चरणमा उसले साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ। जसलाई यस विश्वकपको सबैभन्दा रोमाञ्चक भेटमध्ये एक मानिएको छ। केप भर्डेको यो यात्रा विश्व फुटबलमा ‘अन्डरडग’ कथाको उत्कृष्ट उदाहरण बनेको छ। सीमित स्रोत र सानो जनसंख्या हुँदाहुँदै पनि दृढ इच्छाशक्ति, रणनीति र सामूहिक एकताले विश्व फुटबलमा नयाँ इतिहास लेख्न सकिने सन्देश यस दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.