सरकारले नयाँ हवाई नीति तयार गरिसकेको छ : महानिर्देशक

सरकारले नयाँ हवाई नीति तयार गरिसकेको छ : महानिर्देशक
सुन्नुहोस्

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले सरकारबाट नयाँ हवाई नीति तयार गरिएको बताएका छन्। पर्यटन मन्त्रालयले सोमबार आयोजना गरेको ‘नेपालको हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवादमा महानिर्देशक डंगोलले नयाँ हवाई नीतिको मस्यौदा विभिन्न निकायमा सुझावका लागि पठाइसकिएको जनाएका हुन्। 

महानिर्देशक डंगोलले नयाँ नीतिले विगतका कमजोरी सुधार गर्दै आगामी दशकहरूका लागि नेपालको उड्डयन क्षेत्रको स्पष्ट मार्गचित्र तय गर्ने बताए। उनले नेपालको हवाई क्षेत्र नीतिगत र संस्थागत सुधारको चरणमा रहेको बताउँदै यसले आगामी ३० वर्षसम्मको उड्डयन क्षेत्रको दिशा निर्धारण गर्ने जनाए। 
हवाई सुरक्षा, उड्डयन सुरक्षा र उद्योगको आर्थिक स्थायित्व एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले सरोकारवालाबीच खुला संवाद आवश्यक रहेको उनको भनाइ थियो। ‘नेपालको उड्डयन उद्योग संवेदनशील र कडा नियमनभित्र सञ्चालन हुने क्षेत्र हो,’ महानिर्देशक डंगोलले भने, ‘कुनै पनि संस्थाको वित्तीय अवस्था कमजोर हुँदा त्यसले हवाई सुरक्षा र सम्पूर्ण उद्योगमै प्रत्यक्ष प्रभाव पार्नेछ।’ 

उनले नेपालको हवाई उद्योग अत्यधिक पुँजी आवश्यक पर्ने क्षेत्र भए पनि लगानीको वातावरण भने चुनौतीपूर्ण रहेको बताए। सरकारले विमानस्थल र पूर्वाधारमा ठूलो लगानी गरे पनि निजी क्षेत्रले लगानी बढाउँदै विमानहरू थप्ने काम नभएको उनले बताए। यसले गर्दा सरकारले विमानस्थलमा ठूलो लगानी गरेको भए पनि वायुसेवा कम्पनीहरूले लाभ लिन नसकेको उनले सुनाए। हवाई क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले हवाई उद्योगबाट प्रत्यक्ष नाफा सीमित भए पनि यसबाट राष्ट्रिय अर्थतन्त्रमा असीमित अप्रत्यक्ष प्रभाव पर्ने बताए। हवाई क्षेत्रको योगदानलाई प्रत्यक्ष आम्दानीमा मात्र सीमित नराखी पर्यटन, व्यापार, रोजगारी, लगानी र समग्र आर्थिक गतिविधिमा पर्ने अप्रत्यक्ष तथा दीर्घकालीन प्रभावका आधारमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ। उनले हवाई क्षेत्रको व्यावसायिक वातावरण सुधार, दक्ष जनशक्ति उत्पादन सञ्चार तथा हवाई ट्राफिक व्यवस्थापन प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

उनले नेपालमा यातायात र हवाई सेवाको विस्तारमा गर्नुपर्नेमा जोड दिए। उनले सरकार र निजी क्षेत्रले संयुक्त रूपमा हवाई क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.