प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४१ अंकले घटेर २६३१.५५ विन्दुमा अडिएको छ।
यो समयमा ५२ वटा स्क्रिप्सको ३ लाख ३ हजार ५५३ कित्ता सेयर ७ करोड ४१ लाख २१ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !