अर्थ समितिको बैठक बस्दै,के छ कार्यसूची ?
काठमाडौं : संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे समितिको सभाकक्ष संसद् सचिवालय सिंहदरबारमा बस्नेछ।
बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ। उपसमितिहरूको हालसम्मको कामकारबाहीलगायत विविध विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !