सोनम वांगचुकले सुरु गरे अनिश्चितकालीन भोक हडताल, अभिजीत दीपकेले प्रहरीलाई लगाए यस्ता आरोप
भारत : सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् ।
कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ ।
यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्।
सोनम वांगचुक भोक हडतालमा बसेपछि सीजेपीका संस्थापक अभिजीत दीपकेले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै दिल्ली प्रहरीमाथि सहयोग नगरेको आरोप लगाएका छन् । अभिजीत दीपकेले एक्समा लेखेका छन्, ‘सोनम वांगचुकको भोक हडतालको घोषणापछि दिल्ली प्रहरीले जंतर–मंतरमा सरसफाइको सुविधा बन्द गरिदिएको छ । त्यहाँ पानीको जडान र सरसफाइको कुनै व्यवस्था छैन ।’
‘बारम्बार अनुरोध गर्दा र वांगचुकको उमेर तथा स्वास्थ्यसँग सम्बन्धित चिन्ता बताउँदा पनि प्रहरीले सहयोग गरिरहेको छैन । हामीलाई आशंका छ कि यस्तै अन्य आधारभूत सुविधाहरू पनि बन्द गरिनेछ । प्रहरीले के गर्न खोजिरहेको छ ?’
प्रतिक्रिया दिनुहोस !