पाकिस्तानी सुरक्षा बलको क्याम्पमा हमला, चार रेञ्जरको मृत्यु, ६ आतंककारी मारिए

पाकिस्तानी सुरक्षा बलको क्याम्पमा हमला, चार रेञ्जरको मृत्यु, ६ आतंककारी मारिए
सुन्नुहोस्

पाकिस्तान : पाकिस्तानको कराँची शहरस्थित सुरक्षा बलको क्याम्पमा भएको आतंककारी आक्रमणमा चार जना पाकिस्तानी रेञ्जरको मृत्यु भएको छ भने ६ जना आतंककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा बलले एक जना आतंककारीलाई जीवितै पक्राउ गरेको छ ।

शनिबार साँझ भएको उक्त आक्रमणको सुरुवात शक्तिशाली विस्फोटबाट भएको थियो । त्यसपछि लगातार गोली चलेको आवाज सुनिएको थियो । घटना लगत्तै पाकिस्तानी रेञ्जर र प्रहरीले घटनास्थललाई घेरा हाल्दै प्रतिकार सुरु गरेका थिए । यस हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग आबद्ध जमात–उल–अहरार नामक समूहले लिएको छ ।

९० मिनेटसम्म दोहोरो गोलीबारी

पाकिस्तानी दैनिक डनका अनुसार कराँचीको मौसमियात चौरंगी क्षेत्रमा रहेको सिन्ध रेञ्जरको क्याम्पमा राति हमला भएको हो । उक्त क्षेत्रमा विभिन्न कलेजहरू र पाकिस्तानको मौसम विभागको केन्द्र पनि रहेको छ । आक्रमणपछि सुरक्षा बलले तत्काल क्षेत्रलाई नियन्त्रणमा लिएर जवाफी कारबाही सुरु गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार राति करिब ८ः३० बजे सुरु भएको आक्रमणमा आतंककारीहरूले सुरक्षा बलको क्याम्पलाई निशाना बनाउँदै अन्धाधुन्ध गोली चलाएका थिए । करिब ९० मिनेटसम्म चलेको भिडन्तमा ६ जना आतंककारी मारिए भने एक जनालाई जीवितै पक्राउ गरिएको छ ।

ग्रेनेड प्रहारपछि गोलीबारी
सिन्धको उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार सुरुमा गुलिस्तान–ए–जौहर ब्लक–५ नजिक आक्रमण भएको सूचना प्राप्त भएको थियो । त्यसपछि केन्द्रीय कमाण्डलाई जानकारी गराइएपछि पाकिस्तानी सेनाको आतंकवादविरोधी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीहरू कारमा आएका थिए । उनीहरूले आफ्नो गाडी रेञ्जरको क्याम्पमा ठोक्काएर जबर्जस्ती प्रवेश गरेका थिए । त्यसपछि ग्रेनेड प्रहार गरेपछि सुरक्षा बल र उनीहरूबीच भीषण गोलीबारी भएको थियो ।

जमात–उल–अहरारले जिम्मेवारी लियो
यस आक्रमणको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग सम्बद्ध जमात–उल–अहरार ले लिएको छ । टीटीपीले अफगानिस्तानमा जस्तै पाकिस्तानमा पनि तालिबानी शासन स्थापना गर्ने लक्ष्य राख्दै आएको छ । यसका लागि उसले मुख्यतः खैबर पख्तूनख्वा क्षेत्रबाट गतिविधि सञ्चालन गर्दै आएको छ । उक्त संगठनले प्रायः पाकिस्तानी सेना, सैनिक तथा प्रहरीलाई निशाना बनाउने गरेको छ । 

विगत केही वर्षदेखि टीटीपी तथा त्यससँग सम्बद्ध समूहहरूले पाकिस्तानी सुरक्षा निकायमाथि निरन्तर आक्रमण गर्दै आएका छन् । पाकिस्तानी सेनाले भने आक्रमणपछि ती लडाकुहरू अफगानिस्तानतर्फ भाग्ने गरेको आरोप लगाउँदै आएको छ । यही कारण देखाउँदै पाकिस्तानले बेला–बेला अफगानिस्तानभित्र पनि आतंककारीविरुद्ध सैन्य कारबाही सञ्चालन गर्ने गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.