अबको ३ दिन देशका विभिन्न प्रदेशमा अत्यधिक वर्षा हुने
काठमाडौं : आजदेखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज उक्त जानकारी दिएको हो।
विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले सोमबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
मंगलबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !