केतन हत्या प्रकरण : सिया–चेतनले गुगलबाट तरिका सिके, रिहर्सल समेत गरे

केतन हत्या प्रकरण : सिया–चेतनले गुगलबाट तरिका सिके, रिहर्सल समेत गरे

भारत : भारत महाराष्ट्रको चर्चित लोहगढ किल्ला मा व्यवसायी केतन अग्रवाललाई भीरबाट धकेल्दै हत्या गरिएको घटनामा हरेक दिन नयाँ र स्तब्ध पार्ने तथ्यहरू सार्वजनिक भइरहेका छन् । पुणे ग्रामीण प्रहरीको अनुसन्धानअनुसार मुख्य आरोपी सिया गोयल र उनका प्रेमी चेतन चौधरीले हत्या गर्नु अघि गुगलमा हत्या गर्ने तरिका खोजेका थिए।

उनीहरूले हत्या गर्ने स्थानको छनोटदेखि पक्राउ परेपछि प्रहरीलाई के जवाफ दिने भन्ने विषयमा समेत पूर्व अभ्यास (रिहर्सल) गरेका थिए ।
यस बहुचर्चित हत्या प्रकरणको अनुसन्धानलाई थप मजबुत बनाउन प्रहरीले आइतबार दुवै आरोपीलाई कडा सुरक्षा व्यवस्थाका बीच लोहगढ किल्ला लगेर घटनास्थल पुनर्निर्माण (क्राइम सिन रिक्रिएसन) गरेको छ ।

प्रहरीलाई झुक्याउन ‘प्लान–बी’ र ‘प्लान–सी’ पनि
अनुसन्धान अधिकारीहरूका अनुसार सिया र चेतनले यो हत्यालाई निकै योजनाबद्ध रूपमा कार्यान्वयन गरेका थिए । घटनाअघि दुवै जना लोहगढ किल्लामा गएर केतनलाई कुन स्थानबाट धकेल्दा मृत्यु निश्चित हुन्छ भन्ने ठाउँको पहिचान गरेका थिए । पक्राउ पर्ने अवस्था आएमा भेष परिवर्तन गर्ने योजना पनि बनाइएको थियो ।

प्रहरीका अनुसार उनीहरूले एउटा मात्र योजना बनाएका थिएनन् । मुख्य योजना असफल भए अर्को वैकल्पिक योजना (प्लान–बी) र त्यसपछि अर्को रणनीति (प्लान–सी) समेत तयार गरेका थिए । पक्राउ परेपछि प्रहरीलाई के भन्ने भन्ने कथा पनि पहिल्यै तयार गरिएको थियो । घटनापछि प्रमाण नष्ट गर्न दुवैले मोबाइलको च्याट हिस्ट्री र रिसाइकल बिन समेत खाली गरेका थिए । ती डाटा पुनः प्राप्त गर्न मोबाइलहरू फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

पहिलो प्रयासमा झाडीले बचायो केतनको ज्यान
प्रहरी अनुसन्धानबाट १८ जुनको सफल हत्याअघि पनि सियाले केतनलाई मार्ने प्रयास गरेको खुलेको छ । १४ जुनमा सियाले केतनलाई लोहगढ किल्लामा लगेर भीरबाट धकेलेकी थिइन् । तर केतनले भीरको छेउमा रहेको झाडी समात्न सफल भएकाले उनको ज्यान जोगिएको थियो । त्यसबेला आफ्नो योजनालाई लुकाउन सियाले ‘सर्प... सर्प...’ भन्दै कराउन थालेकी थिइन् । त्यसपछि उनले केतनलाई अँगालो हालिन्, जसका कारण केतनले सिया साँच्चीकै सर्प देखेर डराएको र सन्तुलन गुमेको ठानेका थिए ।

जन्म दिनको बहानामा दोस्रो पटक किल्लामा बोलाइन्
पहिलो प्रयास असफल भएपछि पनि सियाले आफ्नो योजना त्यागिनन् । १८ जुनमा आफ्नै जन्मदिन मनाउने बहाना बनाएर उनले केतनलाई फेरि ट्रेकिङका लागि लोहगढ किल्लामा बोलाइन् । यस पटक उनले आफ्ना प्रेमी चेतन चौधरीलाई पनि त्यहीँ बोलाएकी थिइन् ।

प्रहरीका अनुसार योजनाअनुसार सिया भीरको छेउमा पूर्व निर्धारित स्थानमा बसिन् । त्यसपछि पछाडिबाट लुकेर आएका चेतनले केतनलाई जोडले धक्का दिए । सन्तुलन गुमाएका केतन करिब ३०० फिट गहिरो भीरमा खसे, जसका कारण उनको घटनास्थलमै मृत्यु भयो ।

१७ करोडको विवाह योजना अधुरै
केतन र सियाको इन्गेजमेन्ट यही वर्ष फेब्रुअरीमा भएको थियो । आगामी नोभेम्बरमा उनीहरूको भव्य विवाह गर्ने तयारी भइरहेको थियो । परिवारले राजस्थानको जयपुरस्थित एक आलिशान महल १७ करोड भारतीय रुपैयाँमा बुक गरिसकेको थियो । विवाहका लागि जन्ती र पाहुनाको आवतजावतका निम्ति दुई वटा निजी विमानको समेत व्यवस्था गरिएको थियो ।

तर सियाले आफ्नो परिवारसँग चेतनसँगको प्रेम सम्बन्ध स्वीकार गर्ने साहस गर्न सकिनन् । प्रहरी हिरासतमा उनले दिएको बयानअनुसार, ‘परिवारको विरोध गरेर इन्गेजमेन्ट तोड्नु भन्दा केतनलाई बाटोबाट हटाउनु सजिलो लाग्यो ।’

भावुक बने केतनका पिता
यसैबीच शनिबार राति केतन अग्रवालको निवास रहेको आवासीय क्षेत्रमा स्थानीयवासीले क्यान्डल मार्च आयोजना गरेका थिए । त्यसक्रममा केतनका पिता विशाल अग्रवाल भावुक हुँदै १८ जुनमा लोहगढ किल्लामा उपस्थित रहेका सबै पर्यटकलाई अगाडि आउन आग्रह गरे । उनले भने, ‘धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत त्यही दिन किल्लामा रहेको र केही शंकास्पद गतिविधि देखेको बताएका छन् । तर उनीहरू प्रहरीसमक्ष जान डराइरहेका छन् । म सबैसँग हात जोडेर अनुरोध गर्छु, कृपया अगाडि आएर मेरो छोरालाई न्याय दिलाउन प्रहरीलाई सहयोग गर्नुहोस् । तपाईंहरूलाई कुनै कानुनी झन्झट वा समस्या हुने छैन ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.