गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ

गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ
सुन्नुहोस्

काठमाडौँ : लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी ३ जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए। 

काठमाडौं उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म लागूऔषध खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। उनीहरू भाग्न थालेपछि किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनीसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याई अहिले उपचार भइरहेको प्रवक्ता रेग्मीले बताए। ब्यूरोको टोलीले पक्राउ परेकाहरूका साथबाट लागूऔषध खैरो हेरोइन ३०० ग्राम, मोबाइल चार थान बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

यसैगरी, किशोरप्रसाद ओझैया लागूऔषध मुद्दामा तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरी मिति २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेको अभिलेखबाट देखिएको प्रवक्ता रेग्मीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.