विज्ञान तथा नव प्रवर्तन क्षेत्रलाई अघि बढाउन कानुन, ऐन र नीति ल्याइन्छ : मन्त्री पुन

विज्ञान तथा नव प्रवर्तन क्षेत्रलाई अघि बढाउन कानुन, ऐन र नीति ल्याइन्छ : मन्त्री पुन
सुन्नुहोस्

काठमाडौं : विज्ञान, प्रविधि तथा नव प्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नव प्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगायतका ऐन ल्याउने योजना रहेको बताएका हुन् । उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमा बनाइने र आगामी बर्षदेखि कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नव प्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारले समेत आवश्यक बजेट छुट्याउन सुझाव दिए । मन्त्रालयलाई छुट्याइएको ४ अर्बमध्ये योजना र कार्यक्रम नभएकाले साढे ३ करोड भने अवण्डामा रहेको उनले जानकारी दिए । मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अब अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.