मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड बढीको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड बढीको बजेट
सुन्नुहोस्

काठमाडौं : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार मधेश प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले ४१ अर्ब भन्दा माथिको बजेट प्रस्तुत गरेका हुन्।

कुल बिनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५ दशमलव  ५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४ दशमलव  ३६ प्रतिशत रहेको उनले बताए।

उनले बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री भट्टराईले बताए।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षबाट बाँकी रहने नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यहोरिने उनले बताए। उल्लेखित स्रोतहरूबाट खर्च व्यहोर्ने गरी न्यून रहेको १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने व्यवस्था मिलाइएको मन्त्री भट्टराईले जानकारी दिए।

उनले मेड इन मधेश, समृद्ध प्रदेशको साझा संकल्पलाई साकार पार्न आर्थिक वर्षमा उत्पादन र रोजगारी वृद्धि, मानव विकास र सामाजिक न्याय, दिगो पूर्वाधार र वातावरणीय सन्तुलन तथा सुशासन र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिइने धारणा राखे।

त्यस्तै विगतको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रमलाई परिमार्जन गर्दै शिक्षित छोरी: सुरक्षित मधेश, उद्यमशील नारी: समृद्ध प्रदेश संकल्पका साथ मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइने मन्त्री भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.