कोशी प्रदेशले ल्याउँदै चालु आव भन्दा दुई अर्ब बढीको बजेट

कोशी प्रदेशले ल्याउँदै चालु आव भन्दा दुई अर्ब बढीको बजेट
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालु आर्थिक बर्षभन्दा करिव २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए ।

उनले प्रदेशप्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोहि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको उनले बताए ।

संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क र ५० युनिट भन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको मन्त्री लिङ्थेपले बताएका छन्।

अघिल्लो वर्ष करिब ८० प्रतिशतसम्म बजेट खर्च भएकोमा चालु आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । गत बैशाख मसान्तसम्म कोशी प्रदेश सरकारको सञ्चित कोषमा करिब १२ अर्ब ८१ करोड ४१ लाख रुपैया नगद मौज्दात रहेको बताइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अरब २ करोड २ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.