आज देशका सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज देशका सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
सुन्नुहोस्

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसकाे प्रभावले गर्दा आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा भने अत्यधिक गर्मी अर्थात् तातो दिन हुने सम्भावना रहेको छ । 

आज राती पनि देशभर साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मौसम बदली रहनेछ।त्यसैगरी, कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भू-भाग, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र तराईका एक-दुई स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा आउने यस्तो उतारचढावका कारण हुन सक्ने चट्याङ र हिमपातबाट जोगिन तथा तराईमा बढ्दो गर्मीबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.