काठमाडौंमा अनुदान शिक्षकहरुको प्रदर्शन
काठमाडौं : पेशागत निरन्तरता र स्थायित्वसहित समानताको हक सुनिश्चिततताको माग गर्दै संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सरकारले ल्याएको बजेटमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले समान रुपमा तलव बृद्धि हुनुपर्ने, प्रोत्साहन भक्ता समान ढंगले लागू हुनुपर्ने, महँगी भत्ता तत्काल लागू हुनुपर्ने, सामाजिक सुरक्षा कोषको प्रवन्ध हुनुपर्ने लगायतका माग राखेका छन् ।
नेपाल सरकार तथा शिक्षा मन्त्रालयसंग बिगतमा भएका सवै सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने आफूहरुको मुख्य माग रहेको अनुदान शिक्षक कौशिक शर्माले बताए । उनीहरुले आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति समेत कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !