सुधन गुरुङ गृहमन्त्री बन्ने हो भन्ने प्रश्नमा के भन्छन् सरकारका प्रवक्ता ?

सुधन गुरुङ गृहमन्त्री बन्ने हो भन्ने प्रश्नमा के भन्छन् सरकारका प्रवक्ता ?
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुन: गृहमन्त्री बनाउने तयारी गरेका छन्। गोरखामा आयोजित एक कार्यक्रममा पनि गुरुङले त्यसको संकेत गरेका थिए। आज मन्त्रिपरिषद् बैठकपश्चात शिक्षामन्त्री सस्मित पोखरेलले गुरुङमाथि छानबिन गर्न बनेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको जानकारी दिए।

सञ्चारकर्मीले ३ बजे सुधन गुरुङले गृहमन्त्रीको सपथ ग्रहण गर्ने हो भन्ने प्रश्नमा पोखरेलले अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय भएको त्यसपश्चात निर्णय हुने बताए। उनले ‘अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहणमात्र निर्णय भयो। त्यो फाइल अध्ययन गरेर शपथ ग्रहण हुने होला नि पछि गर्नुपर्‍यो भने । तर अहिलेसम्म त्यस्तो निर्णय भएको छैन।’

यद्यपी सोमबार प्रतिनिधि सभा बैठकमा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.