अर्थमन्त्रीको बचाउ गर्दै सरकारका प्रवक्ताले भने, ‘बजेटमा कुनै चलखेल छैन’
काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीको बचाउ गरेका छन् । मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् ।
सरकारका प्रवक्तालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका विषयमा सोधेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्रीले राम्रो बजेट ल्याएको र त्यसमा आफूहरुको पूर्ण समर्थन रहेको बताए । प्रवक्ता पोखरेलले भने, ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
करका दरसम्बन्धी सूचना चुहावट, बीवाईडी विद्युतीय गाडी भन्सार पास प्रकरण तथा अर्थ मन्त्रालयबाट अनधिकृत रूपमा करका दर हेरफेर गरिएको भन्दै विपक्षीले संसदीय छानबिन समिति माग गरिरहेको बेलामा सरकारको यस्तो स्पष्टीकरण दिएको हो ।
प्रतिक्रिया दिनुहोस !